हेटौंडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा उपमहानगरपालिका–१९ सान्नानटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

फाल्गुन ५, २०८२

प्रताप विष्ट

Motorcyclist dies after being hit by tipper in Hetauda

हेटौंडा — पूर्वपश्चिम सडक खण्डको हेटौंडा उपमहानगरपालिका–१९ सान्नानटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोटरसाइकल पछाडि सवार घाइते भएका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई त्यही दिशाबाट आएको बा.प्र ०३–००१ ख ११७९ नम्बरको टिपरको ठक्करबाट रुपेन्देहीका २८ वर्षीय मोटरसाइकल चालक जगदीश थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मोटरसाइकल पछाडि सवार दाङ राप्ती गाउँपालिका–६ का २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिएर फरार भएको टिपर र चालकलाई वसामाडी लेवट चौकीका प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully