प्रतियोगितामा गाउँपालिकाभरिका ९ वटा माध्यमिक विद्यालयले एथलेटिक्स तथा भलिबल विधामा सहभागिता जनाएको खेलकुद शाखा प्रमुख प्रमोद तिमल्सिनाले जानकारी दिए ।
काभ्रे — बेथानचोक गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पार्वती माध्यमिक विद्यालयले हात पारेको छ ।
फागुन १ देखि ३ गतेसम्म पार्वती माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फ आत्मा विकास माध्यमिक विद्यालय प्रथम हुँदा भूमिमाता माध्यमिक विद्यालय द्वितीय स्थानमा रह्यो । प्रतियोगितामा छात्रतर्फ कृष्णगोपाल माध्यमिक विद्यालय र छात्रातर्फ पार्वती माध्यमिक विद्यालय तृतीय भए ।
प्रतियोगितामा गाउँपालिकाभरिका ९ वटा माध्यमिक विद्यालयले एथलेटिक्स तथा भलिबल विधामा सहभागिता जनाएको खेलकुद शाखा प्रमुख प्रमोद तिमल्सिनाले जानकारी दिए ।
प्रतियोगिताका बिजेतालाई गाउँपालिका अध्यक्ष भगवान अधिकारी र उपाध्यक्ष तारा राना तिमल्सिनाले शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।