जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन ११ बाट

हेटौंडा उपमहानगरपालिका-४ हुप्राको चौरमा उद्घाटन गरिने प्रतियोगिता तीन दिनसम्म संचालन हुने छ ।

माघ २७, २०८२

प्रताप विष्ट

District-level Presidential Running Shield from Falgun 11

हेटौंडा — मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन ११ गतेदेखि हेटौंडामा हुने भएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।  

हेटौंडा उपमहानगरपालिका–४ स्थित जिल्ला खेलकुद विकास समितिको बैठकले उक्त निर्णय गरेको हो ।  हेटौंडा उपमहानगरपालिका-४ हुप्राको चौरमा उद्घाटन गरिने प्रतियोगिता तीन दिनसम्म संचालन हुने छ । 

प्रतियोगितामा ६ वटा विधाका खेल हुनेछन् । अध्यक्ष मोक्तानका अनुसार प्रतियोगिता अन्तर्गत भलिबल, उसु, तेक्वान्दो, कराँते, कबड्डी र एथ्लेटिक्स विधाका खेल हुनेछन् । प्रतियोगितामा जिल्लाका पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनोट भएर आएका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पालिकास्तरबाट आएका प्रतिभावान खेलाडीहरुलाई जिल्ला हुँदै राष्ट्रिय स्तरसम्म पुर्‍याउन, उनीहरुको खेल कौशल प्रष्फुटन गर्न र क्षमता विकासका लागि यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मोक्तानले बताए। प्रतियोगिताका विजेताले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट प्रतियोगिता हो । गत वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले हात पारेको थियो ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully