बाग्मती प्रदेश सभाबाट आठ वर्षमा ९० विधेयक पारित

बाग्मती प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीका अनुसार हालसम्म प्रदेश सभामा ९३ विधेयक दर्ता भएका छन् ।

माघ २७, २०८२

रासस

Bagmati Provincial Assembly passes 90 bills in eight years

मकवानपुर — बाग्मती प्रदेश सभा गठन भएको आठ वर्षमा ९० विधेयक पारित भएका छन् । हालसम्म प्रदेश सभाबाट पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएका छन् ।

प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट फिर्ता भई पुनः प्रदेश सभाअन्तर्गतको विषयगत समितिमा विचाराधीन रहेको बाग्मती प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । उनका अनुसार हालसम्म प्रदेश सभामा ९३ विधेयक दर्ता भएका छन् । 

यस्तै, प्रदेश सभाबाट ५० मूल ऐन पारित र २१ संशोधन पारित भएका सचिव दर्जीले बताए । प्रदेश सभामा दर्ता भएका १४ अध्यादेशमध्ये शतप्रतिशत स्वीकृत भएको र सातवटा प्रतिस्थापन तथा पाँचवटा निष्क्रिय भएको उनले जानकारी दिए ।

पछिल्लोपटक प्रदेश सभामा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ । प्रदेश सरकार सञ्चालन गर्न आवश्यक अधिकांश ऐन कानुन प्रदेश सरकारले निर्माण गरिसकेको अन्य कतिपय ऐन, अध्यादेश, विनियमावली निर्माण क्रममा रहेका सचिव दर्जीले बताए । 

रासस

Link copied successfully