कुखुराको मासु खाँदा घाँटीमा हड्डी अड्किएको थियो
त्रिशूली (नुवाकोट) — भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोर्स्याङमा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले ४१ वर्षीया गङ्गामाया तामाङको घाँटीमा हड्डी अड्किएपछि उपचारको क्रममा आज त्रिशूली अस्पचालमा निधन भएको जानकारी दिए ।
उनका अनुसार ल्होसार पर्व मनाउन आफन्तको घरमा पाहुना गएकी तामाङले शनिबार भोजमा खानासँगै कुखुराको मासु खाँदा घाँटीमा हड्डी अड्किएको थियो । घटनालगत्तै उपचारका लागि अस्पताल पुर्याएपछि उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामाले बताए ।
हाल काठमाडौंको स्वयम्भूमा बस्दै आएकी तामाङ ल्होसार पर्व मनाउनका लागि यही शुक्रबार मात्रै तारकेश्वर–५ गोर्स्याङस्थित दिदीको घरमा आएकी थिइन् ।
