जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खड्काले सोमबारबाट जिल्लाका चार वटै नगरपालिकामा निःशुल्क एचपीभी खोप अभियान सुरु भएको कार्यालयका बताइन्।
What you should know
भक्तपुर — भक्तपुर जिल्लाका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने अभियान आजबाट सुरु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खड्काले सोमबारबाट जिल्लाका चार वटै नगरपालिकामा निःशुल्क एचपीभी खोप अभियान सुरु भएको कार्यालयका बताइन्। सोमबार भक्तपुरकाे सूर्यविनायक नगरपालिका-४ स्थित अरनिकाे माविबाट बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले खाेप अभियानकाे शुभारम्भ गरेका हुन् ।
उनले याे खाेप नआउँदा धेरै महिला पाठेघरकाे मुखकाे क्यान्सरबाट पीडित हुनुपरेकाे र ज्यान समेत गुमाउनु परेकाे बताए । गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययरत १ लाख ९८ हजार किशाेरीलाई एचपीभी खाेप दिइएकाे बताउँदै प्रत्येक वर्ष कक्षा ६ मा अध्ययरत किशोरीलाई सरकारले याे खाेप लगाउने व्यवस्था गरेकाे बताए ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव एवं प्रसूति रोग विशेषज्ञ डा. सुमित्रा गौतमले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको बताउँदै खोप अभियान सफल पार्न सरकारले अभियान सञ्चालन गरेको सुनाइन्।
आजदेखि २६ गते देखि फागुन १ गतेसम्म सञ्चलन हुने खोप अभियानमा यसवर्ष ३५ वटा स्वास्थ्य संस्था एवं खोप केन्द्र र ८० वटा विद्यालयबाट भक्तपुरमा ३ हजार ८ सय ९४ जना किशोरीलाई खोप लगाइने उनले जानकारी दिइन्।
जसमा कक्षा ६ मा अध्ययनरत ३ हजार ८ सय ९४ जना किशोरी, १० वर्ष उमेर समूहका १६३ जना र गत वर्ष छूट भएका ७ देखि १० वर्ष उमेर समूहका ३० जना किशोरीलाई खोप लगाइने भएको छ ।
जिल्ला जनस्वास्थ्य केन्द्रकी प्रमुख खड्काले भक्तपुरमै अन्य जिल्लाका लागि पनि खोप भण्डारण केन्द्र रहेकाले संकलित विवरण भन्दा बढी खोप लगाउनु पर्ने भएमा पनि खोप थप गर्न सहज हुने बताइन्।
गत वर्ष छुटेका, इँट्टाभट्टादेखि विभिन्न क्षेत्रबाट आएका तथा विद्यालय बाहिर रहेका किशोरीलाई समेत अभियानमै एचपिभी खोप दिन कार्यालयले व्यवस्था गरेको उनले जानकारी दिइन्।
