चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर-१६ का २८ वर्षीय कुलबहादुर मगरको उक्त दुर्घटनामा मृत्यु गएको हो ।
चितवन — भरतपुर महानगरपालिका-१६ छाहारी चोकमा शुक्रबार साँझ मिनी ट्रक र मोटरसाइकल ठक्कर खाँदा गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर-१६ का २८ वर्षीय कुलबहादुर मगरको उक्त दुर्घटनामा मृत्यु गएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले कुलबहादुरले चलाएको ना ३१ प २११४ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ६ बजे ना ६ ख ६३१६ नम्बरको मिनी ट्रकसँग ठोक्किएको जानकारी दिए । ठक्करका कारण गम्भीर घाइते भएका कुलबहादुरको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइ रहेको थियो ।
उपचारका क्रममा कुलबहादुरको राति एक बजेर ५१ मिनेट जाँदा मृत्यु भएको डिएसपी खनालले बताए । प्रहरीले ट्रकका चालक भरतपुर-१ रामनगरका ५२ वर्षीय अम्मर थापालाई नियन्त्रणमा लिएको छ ।
