बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२८ वर्षीय सुशील आले मगरको मृत्यु

माघ २१, २०८२

ज्योती श्रेष्ठ

One person dies in bus-motorcycle collision

काभ्रे —  पाँचखाल नगरपालिका-४ लामिडाँडामा  बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङका अनुसार, मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं ५ का २८ वर्षीय सुशील आले मगर रहेका छ्न् ।

बुधबार दिउँसो २:४० बजेको समयमा  काभ्रेपलाञ्चोक  जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४ लामिडाँडा स्थित अरनिको राजमार्गअन्तर्गत धुलिखेल-दोलालघाट सडक खण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२-०३० प ८०१३ नं. को मोटरसाइकल र बाह्रबिसेबाट काठमाण्डौतर्फ आउँदै गरेको बा ३ ख ८४३ नं. को बस एकआपसमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएको उनले बताए 

गम्भीर घाइते भएका मगरलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई ३:४० बजे मृत घोषणा गरेको थियो । बसलाई चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना बारेमा आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully