शनिबार पक्राउ परेका तामाङको साथबाट ५५६ अमेरिकी डलर र एक थान मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए।
सिन्धुपाल्चोक — सस्तो दरमा अमेरिकी डलर सटही गरिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजीकुमार आचार्यकाअनुसार लिसंखुपाखर गाउँपालिका–१ ठूलो धादिङमा आइतबार सस्तो दरमा डलर सटही गरिदिने भन्ने सूचनापछि प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरीले बाह्रबिसे नगरपालिका–४ स्थायी ठेगाना भई हाल सोही स्थानमा बसोबास गर्दै आएका ३५ वर्षीय विश्वराज तामाङलाई सोही स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ ।
शनिबार पक्राउ परेका तामाङको साथबाट ५५६ अमेरिकी डलर र एक थान मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए।
प्रारम्भिक अनुसन्धानमा तामाङले पीडितलाई पटक–पटक फोन सम्पर्क गरी नजिकिन बोलाउने, आफू चिनजानको व्यक्ति भएको विश्वास दिलाउने र सामाजिक सञ्जालमार्फत डलरका फोटो तथा भिडियो पठाएर नेपाली रुपैयाँ ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
