सकियो भक्तपुरको हनुमानघाटमा एक महिने माधव नारायण व्रत

भक्तपुरको हनुमानघाटमा पुस शुल्क पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म महिनाभर कठोर व्रत बसेर आइतबार विधिवत रुपमा सकिएको हो ।

माघ १८, २०८२

सुन्दर शिल्पकार

The one-month Madhav Narayan fast at Hanuman Ghat in Bhaktapur has ended.

What you should know

भक्तपुर — भक्तपुर भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी धाममा एक महिनाअघि सुरु भएको माधव नारायण व्रत समापन भएको छ।

नेपाल सम्वतको आठौँ शताब्दीदेखि सुरु भएको यो व्रत भक्तपुरको हनुमानघाटमा पुस शुल्क पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म महिनाभर कठोर व्रत बसेर आइतबार विधिवत रुपमा सकिएको हो । 

माधवनारायणको व्रत बस्नेहरु व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।

माघ शुल्क पूर्णिमाको दिन आइतबार हनुमानघाटमा माधव नारायण र श्री स्वास्थानीको व्रत बस्नेहरुको घुइँचो लागेको थियो । २ सय भन्दा बढी महिलाले माघ स्नान गरी माधव नारायण व्रत समापन गरिएको हो । 

व्रतालु महिलाहरु यही बसे पनि पुरुषहरु भने हरेक दिन विहान त्रिवेणी खोलामा आएर नुहाउने र व्रतलु महिलासँगै बिभिन्न स्थानको कलश यात्रामा गरेका थिए ।

व्रतालुले औंसीदेखि नै खाली खुट्टा पैदल नै सूर्यमढीस्थित तिलमाधव नारायणबाट दरबार क्षेत्रस्थित तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नानपछि ईन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरि जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नानसहित कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ । 

एक महिनासम्म कठोर व्रत बस्दा मनोकांक्षा पूरा हुने जनविस्वास रहिआएको छ । आजै श्रीस्वस्थानी व्रत कथा पनि विधिवत समापन हुन्छ । 

सुन्दर

Link copied successfully