कान्तिपुरकर्मी पोषनाथ अधिकारी सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
काठमाडौँ — कान्तिपुरकर्मी पोषनाथ अधिकारी पुरस्कृत भएका छन् । कान्तिपुर मिडिया ग्रुपका धादिङ संवाददाता अधिकारी सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति सीतारामप्रसाद वर्माको सम्झनामा धादिङ शाखाले स्थापना गरेको पुरस्कारबाट अधिकारी पुरस्कृत भएका हुन् ।
जिम्मेवार पत्रकारिता : निवार्चन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्तरक्रिया तथा पुरस्कार अर्पण समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्मा आचार्य र पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।
झन्डै ४ दशक सक्रिय पत्रकारिता गरेका वर्माको कोरोना भाइरस संक्रमणका कारण निधन भएको थियो । वर्माको निधनभएपछि नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारको स्थापना भएको हो । महासंघको धादिङ शाखाले यो पुरस्कार हरेक वर्ष एक जना एक जना पत्रकारलाई प्रदान गर्दै आएको छ ।
शाखाले आजै राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट केशव अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट , राजन अधिकारी र शालिकराम वर्मा स्मृति पत्रकारिता पुरस्कार रामबहादुर ठकुरी ‘आशिष’लाई पनि पुरस्कृत गरेको छ ।
