भक्तपुरको कमलविनायकमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

दुर्घटनामा परेर स्कुटर चालक भक्तपुर नगरपालिका वडा नं. ८ निवासी वर्ष २६ का बिमल वनमाला गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो।

माघ १५, २०८२

सुन्दर शिल्पकार

One killed in vehicle accident in Kamalbinayak, Bhaktapur

भक्तपुर — भक्तपुरको कमलविनायक बसपार्क नजिकै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

भक्तपुरको कमलविनायक बसपार्क नजिकै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बुधबार राति  कमलविनायकबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो।

त्यसपछि विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा परेर स्कुटर चालक भक्तपुर नगरपालिका वडा नं.८ निवासी वर्ष २६ का बिमल वनमाला गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। टाउकोमा गम्भीर चोट लागको उनको उपचारकै क्रममा मत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मोटरसाइकल चालक भक्तपुर नगरपालिका वडा नं. ७ इनाचोका २४ वर्षीय का राजेश वनमाला घाइते भएका छन्।  उनको ललितपुरस्थित बी एन्ड बी अस्पताल उपचार भइरहेको छ ।

दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेका तीनवटै सवारी साधन हाल प्रहरी वृत्त जगातीका राखिएको छ ।

सुन्दर

Link copied successfully