स्कुलको बा १ ज ८६७२ नम्बरको भ्यान ब्रेक फेल भएर बुधबार बिहान ९:५० बजे मण्डनदेउपुर-९ स्थित जिताउरीपोखरीमा दुर्घटना भएको हो । भ्यान सडकबाट करिब ६ मिटर तल खसेको थियो ।
काभ्रे — जिल्लाको मण्डनदेउपुर नगरपालिका-९ मा स्कुल भ्यान दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।
नवप्रतिभा इंलिस स्कुलको बा १ ज ८६७२ नम्बरको भ्यान ब्रेक फेल भएर बुधबार बिहान ९:५० बजे मण्डनदेउपुर-९ स्थित जिताउरीपोखरीमा दुर्घटना भएको हो । भ्यान सडकबाट करिब ६ मिटर तल खसेको थियो ।
दुर्घटनामा परी भ्यान चालक मन्डनदेउपुर-७ की २४ वर्षीया दिपिका ढकाल घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, भ्यानमा रहेका ५ जना विद्यार्थी सकुशल रहेका छन् ।
घाइते चालकलाई धुलिखेल अस्पताल हुँदै थप उपचारका लागि पाटन अस्पताल लगिएको छ ।
