बागमती प्रदेशका लागि हेटौंडा उपमहानगरपालिका-४ भुटनदेवी माविमा मतदानस्थल राखिएको छ।
What you should know
हेटौंडा — बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य दुई पदका ६ जनाले प्रतिस्पर्धा गर्दै छन् । दुई पदका लागि ३ महिलासहित ६ जना उम्मेदवार रहेका छन्।
आइतबार बिहान साढे ११ बजेसम्म प्रदेशसभा सदस्य १०४ जनामध्ये ७५ जनाले मतदान गरिसकेका छन् भने पालिकाका २३४ मतदातामध्ये २०३ जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन्।
बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानस्थलमा निर्वाचन कार्यालयका १६ जना कर्मचारी खटिएका छन्।
बागमती प्रदेशका लागि हेटौंडा उपमहानगरपालिका-४ भुटनदेवी माविमा मतदानस्थल राखिएको छ। उक्त मतदानस्थलमा २ वटा मतदान केन्द्र रहेका छन् ।
कांग्रेसबाट महिला तर्फ उम्मेदवारी दिएकी गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झा, र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन उम्मेदवार रहेका छन्। यसैगरी अन्य समूहबाट एमालेको तर्फबाट प्रेमप्रसाद दंगाल, नेकपाकोतर्फबाट प्रेमप्रसाद सापकोटा र नेमकिपाकोतर्फबाट विक्रम डुकुछु उम्मेदवार छन्।
बागमती प्रदेशमा एक महिलासहित दुई राष्ट्रियसभा सदस्यका लागि ३ महिलासहित ६ जनाले उम्मेदवार छन् । काग्रेस र एमालेले तालमेल गरेर उम्मेदवारी दिएका थिए।
निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम राखेको छ । बागमतीमा आगामी फागुनमा पदावधि सकिने राष्ट्रिय सभाका सदस्य दुवै जना नवगठित नेपाली कम्युनिस्ट पार्टीका हुन्।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम रिक्त हुन आउने राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ। रिक्त हुने पदमध्ये एक जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने र आज १७ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो। कोशी प्रदेशबाट एक जना निर्विरोध भइसकेका छन्। प्रदेशसभा सदस्यको एक जनाको मतभार ५३ रहने छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ रहने छ ।
