औद्योग‍िक क्षेत्रको सावुन उद्योगको गोदाममा आगलागी 

आगलागीबाट के कति क्षति भएको त्यस्को विवरण आउन बाँकी रहेको छ ।

माघ ११, २०८२

प्रताप विष्ट

Fire breaks out in soap factory warehouse in industrial area

हेटौंडा — हेटौंडा औद्योगिक क्षेत्रस्थित महाशक्ति सोप (सावुन) कम्पनीको गोदाममा शनिबार रातिदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

हेटौंडा उपमहानगरपालिका–८ औद्योगिक क्षेत्रको सबैभन्दा पुरानो उद्योग महाशक्ति सोप कम्पनीको गोदाममा शनिबार राती साढे ११ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन । 

हेटौंडा उपमहानगरपालिकाका २ वटा दमकल, मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल १४ नं.गणका प्रहरी र स्थानीयवासीले रातभर आगो निभाउने काममा खटिएका थिए । 

‘तर अहिले बिहानसम्म पनि आगो नियन्त्रणमा आइसकेको छैन’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए । ‘गोदाममा तयार भएका सावुन र कार्टुनमात्र होइन, केमिकल पनि भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको हो’, उनले भने ।

आगलागीबाट के कति क्षति भएको त्यस्को विवरण आउन बाँकी रहेको छ । गोदाममा भएको बिजुलीको तार सर्ट भएकार आगो लागेको अनुमान गरिएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully