शनिबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा रीतपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुर — मकवानपुर प्रहरीले ७ ग्राम २ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ ।
शनिबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा रीतपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बरामद लागूऔषधसहित पक्राउ परेकालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका–२ निवासी २१ वर्षीय विकास परियारबाट ३ ग्राम ७ सय ५० मिलिग्राम खैरो हेरोइन फेला परेको छ। यस्तै, हेटौंडा उपमहानगरपालिका–४ निवासी २१ वर्षीय विनोद ढुंगानाको साथबाट ३ ग्राम लागूऔषध बरामद गरिएको छ। त्यसैगरी, हेटौंडा उपमहानगरपालिका–११ निवासी २२ वर्षीय छिरिङ लो र उपमहानगरपालिका–१९ निवासी २९ वर्षीय विनोद राज जिम्बाको साथबाट २ सय ५० मिलिग्राम खैरो हेरोइन फेला परेको छ।
हेटौंडा उपमहानगरपालिका–१७ ठूले गंगटे निवासी २४ वर्षीय योएल प्रजा र २९ वर्षीय प्रेमबहादुर प्रजाको साथबाट २ सय मिलिग्राम लागूऔषध बरामद गरिएको छ । घटनाका सम्बन्धमा लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ।
