आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख सहयोग

होटल व्यवसायी द्वारिका श्रेष्ठको स्मृतिमा स्थापना गरिएको द्वारिका फाउण्डेसनकोतर्फबाट उनकी छोरी संगिता श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

माघ ९, २०८२

प्रताप विष्ट

3.7 million assistance to purchase equipment for eye hospital

हेटौंडा — काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग गरेको छ।

होटल व्यवसायी द्वारिका श्रेष्ठको स्मृतिमा स्थापना गरिएको द्वारिका फाउण्डेसनकोतर्फबाट उनकी छोरी संगिता श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

श्रेष्ठले शुक्रबार तिलगंगा आँखा अस्पतालका निर्देशक एव हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धि श्रेष्ठ र हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रम्खु नेत्र विशेषज्ञ डा.सुनिल थकालीलाई ३६ लाख ९९ हजार ९ सय ९० रुपैयाँहस्तान्तरण गरिन्।

जलबिन्दु रोग पहिचान गर्ने उपकरण (भिजिवल फिल्ड) खरिद गर्नका लागि उक्त रकम उपलब्ध गराएको हो । उक्त उपकरणको अभावमा जलबिन्दुका विरामीलाई काठमाडौंको तिलगंगा अस्पतालमा पठाउनु पर्ने बाध्यता थियो। अब उक्त मेसिन ल्याएपछि यही रोग पहिचान गर्न सहज हुने डा. थकालीले बताए। 

हेटौंडा उपमहानगरपालिका-१० टिसिएनमा २०६५ मंसिर ५ गते स्थापना गरिएको उक्त आँखा अस्पतालले अहिलेसम्म ८१ हजार जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेर ज्योति फर्काउने काम गरेको छ। उक्त आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया गर्न भारतीय नागरिकहरु पनि आउने गरेका छन्। १७ वर्षसम्म शल्यक्रिया गरेकामध्ये २५ प्रतिशत भन्दा बढी भारतीय नागरिक रहेका छन्।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully