हेटौंडामा करेन्ट लागेर एकजनाको मृत्यु

बिहीबार दिउँसो करिब २:०० बजेको समयमा विद्युत् ट्रान्सफर्मरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुर निवासी अन्दाजी २७ वर्षीय निरज भन्ने आदर्श भट्टराई गम्भीर घाइते भएका थिए ।

माघ ८, २०८२

सुवास विडारी

One person dies of electrocution in Hetauda

मकवानपुर — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब २:०० बजेको समयमा विद्युत् ट्रान्सफर्मरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुर निवासी अन्दाजी २७ वर्षीय निरज भन्ने आदर्श भट्टराई गम्भीर घाइते भएका थिए । 

उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको भट्टराईको दिउँसो २:४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हटियाबाट करिब २ किलोमिटर पूर्वतर्फ पर्छ ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully