कान्ति लोकपथमा ट्रक र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु

प्रहरीका अनुसार उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ ।

माघ ८, २०८२

सुवास विडारी

One person dies after truck and scooter collide on Kanti Lokpath

मकवानपुर — मकवानपुर जिल्लाको बकैया गाउँपालिका–११ आँपचौरस्थित कान्ति लोकपथ सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो जितपुर भञ्ज्याङबाट ठिंगनतर्फ जाँदै गरेको बाप्र०३–००१ क ०९५२ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको मप्र०३–०३९ प ५६४४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक पर्सा जिल्ला वीरगञ्ज–१० पानीट्यांकीका करिब ५० वर्षीय अनुराग श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । प्रहरीका अनुसार उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।  मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगन, मकवानपुरबाट करिब ५ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ । 

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully