१५ दिनभित्र हतियार बुझाउन प्रशासनको आग्रह

फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो।

माघ ८, २०८२

प्रताप विष्ट

Administration urges surrender of weapons within 15 days

हेटौंडा — जिल्ला प्रशासन कार्यालय मकवानपुरले ईजाजत प्राप्त हातहतियार १५ दिनभित्र अनिवार्य रुपमा बुझाउन आग्रह गरेको छ।

फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो ।

आफनो नाममा राखेको बन्दुक, राइफल, रिभल्वर, पिस्तोललगायत हतियार सूचना प्रकाशित भएको १५ दिनभित्र बुझाउन आग्रह गरिएको हो । 

प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मकवानपुर जिल्लाभिक्र व्यत्तिगत रुपमा राखिएका इजाजत प्राप्त  हातहतियार नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासनको सूचनामा उल्लेख छ । 

बुझाइएका हतियार निर्वाचन सम्पन्न भएको एक महिनापश्चात हतियारधनीले फिर्ता पाउने गरी सुरक्षितसाथ राखिने उल्लेख गरिएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully