१ सय २१ केजी चरेससहित दुई युवक पक्राउ

प्रहरीले १२ वटा प्लास्ट्रिकका डिब्बाभित्र लुकाएर ल्याएको चरेस बरामद गरेको हो ।

माघ ७, २०८२

प्रताप विष्ट

Two youths arrested with 121 kg of hashish

हेटौंडा — मकवानपुर प्रहरीले यहाँको थाहा नगरपालिका–१० टौखेलबाट लागूऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले १ सय २१ केजी चरेससहित अटो चालक थाहा नगरपालिका–४ रुप्सेका २९ वर्षीय घनश्याम बल तामाङ र मकवानपुरको कैलाश गाउँपालिका–५ का २१ वर्षीय सानुकान्छा थिङलाई पक्राउ गरेको हो ।

लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १५०७ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोभित्र लुकाएर  ल्याइएको १ सय २१ केजी ४ सय ६६ ग्राम चरेससहित तामाङ र थिङलाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ

प्रहरीले १२ वटा प्लास्ट्रिकका डिब्बाभित्र लुकाएर ल्याएको चरेस बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट बुधबार ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully