मनोहरा किनारमा भेटियो गेरुमुहार चाँचर चरा

कागेश्वरी मनोहर नगरपालिकास्थित मनोहरा नदी किनारामा पुस ३० गते जैविक विविधता विज्ञ सुजन श्रेष्ठ र फोटोग्राफर कृष्ण प्रजापतिले गेरुमुहार चाँचर चराको तस्बिर कैद गरेका हुन् ।

माघ ४, २०८२

सुन्दर शिल्पकार

A beautiful sandpiper was found on the shore.

भक्तपुर — भक्तपुर र काठमाडौं सिमानास्थित मनोहरा नदी किनारामा दुर्लभ नवआगन्तुक गेरुमुहार चाँचर चराको अभिलेखीकरण गरिएको छ ।

काठमाडौंको कागेश्वरी मनोहर नगरपालिकास्थित मनोहरा नदी किनारामा पुस ३० गते  जैविक विविधता विज्ञ सुजन श्रेष्ठ र फोटोग्राफर कृष्ण प्रजापतिले गेरुमुहार चाँचर चराको तस्बिर कैद गरेका हुन् ।

उक्त चरा काठमाडौं उपत्यकाकै पहिलो अभिलेख भएको दाबी उनीहरुको छ। तस्बिर खिच्ने क्रममा अनौठो चराको तस्बिर कैद भएपछि बर्ड कन्जर्भेसन नेपालमा पेश गरिएको थियो । कन्जर्भेसन नेपालका चरा विज्ञ तथा कार्यकारी अध्यक्ष विमल थापाले उपत्यकाकै पहिलो नवआगन्तुक चरा भएको पुष्टि गरेको फोटोग्राफर प्रजापतिले बताए । 

यसअघि उक्त चराको २०८१ कात्तिक २५ गते अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मुस्ताङ जिल्लामा पहिलो पटक चराविद् शंकर तिवारीले तस्बिर कैद गरेका थिए।

सुन्दर

Link copied successfully