भक्तपुरमा निर्वाचन प्रहरी हुन १७ सय ८ को आवेदन

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार १२ सय ७२ को काेटामा १७ सय ८ जनाको आवेदन परेको छ ।

माघ २, २०८२

सुन्दर शिल्पकार

1,708 apply to become election police in Bhaktapur

भक्तपुर — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा १७ सय ८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार १२ सय ७२ को काेटामा १७ सय ८ जनाको आवेदन परेको छ। 

निर्वाचन प्रहरीको छनोटका लागि माघ ५ गते लिखित परीक्षा गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिए।‍ यसअघि म्यादी प्रहरी भएकाहरुले भने लिखित परीक्षा दिन नपर्ने एसपी खड्काले बताए।

भक्तपुरमा पुस २५ गते देखि माघ १ गतेसम्म निर्वाचन प्रहरीका लागि आवेदन खुल्ला गरिएको थियो। निर्वाचन प्रहरीको सेवा अवधि ४० दिनको रहने छ। 

सुन्दर

Link copied successfully