ईन्द्रसरोवरका १२ सय ९८ जनालाई न्यानो कपडा वितरण

पालिकाले पुस २४ देखि ३० गतेसम्म १ हजार २ सय ९८ जना जेष्ठ नागरिकलाई वडाको पायक पर्ने स्थानमा जम्मा गरेर व्ल्यांकेटसहित न्यानो कपडा वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण गरेको हो।

माघ १, २०८२

प्रताप विष्ट

Warm clothes distributed to 1,298 people of Indrasarovar

हेटौंडा — मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बृद्धबृद्धाहरुलाई वडा/वडामा पुगेर न्यानो कपडा उपलब्ध गराएको छ।

उनीहरुको निशुल्क स्वास्थ्य परीक्षण सँगै औषधि वितरण गरेको छ। पालिकाले पुस २४ देखि ३० गतेसम्म १ हजार २ सय ९८ जना जेष्ठ नागरिकलाई वडाको पायक पर्ने स्थानमा जम्मा गरेर व्ल्यांकेटसहित न्यानो कपडा वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण गरेको हो।

ईन्द्रसरोवर—२ का २ सय ७७ जना बृद्धबृद्धा, अपांगता भएका र एकल महिलालाई न्यानो कपडाहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए। उनीहरुको स्वास्थ्य परीक्षण गरेर निशुल्क रुपमा औषधि समेत उपलब्ध गराएको उनले बताए। वडा—१ को मार्खुस्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा २ सय ४६ जना, वडा–३ का ७ सय ७५ गरी १२ सय ९८ जनालाई न्यानो कपडा र निशुल्क स्वास्थ्य परीक्षणसहित औषधि वितरण गरिएको उनले बताए।  

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत जाडो महिनामा बृद्धबृद्धाहरुलाई न्यानो उपलब्ध गराउन कपडा र ब्याङ्केट उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताए। 

पाँच वडामा विभाजित यो पालिकाले बुधबारसम्म बृद्धबृद्धा, अपांगत भएका र एकल महिला गरी १ हजार २ सय ९८ जनााई न्यानो कपडा उपलब्ध गराएको अध्यक्ष पुडासैनीले बताए।

गाउँपालिकाले टेन्डर गरेर १८ लाख रुपैयाँको न्यानो कपडा, वट खरिद गरेको उनले बताए । भूगोल र जनसंख्याको हिसाबले जिल्लाकै सानो रहेको यो पालिकामा अन्यको तुलनामा चिसो बढी हुने गर्छ ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully