काभ्रे प्रशासनको निर्माणाधीन भवनमा शव भेटियो

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार उक्त भवनमा जलेको अवस्थामा एक पुरुषको शव भेटिएको हो।

पुस २८, २०८२

ज्योती श्रेष्ठ

Body found in under-construction Kavre administration building

काभ्रे — जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवनमा एक पुरुषको शव फेला परेको छ।

सोमबार बिहान १० बजेतिर प्रशासन कार्यालयको निर्माणाधीन (विवादका कारण निर्माण रोकिएको) भवनमा शव फेला परेको हो। 

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार भवनमा जलेको अवस्थामा एक पुरुषको शव भेटिएको हो।शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए। जलेको अवस्थामा भेटिएको शव एक दिनअघिको हुन सक्ने अनुमान गरिएको छ।

हालसम्म शवको पहिचान हुन नसकेको उनले जानकारी दिए। ‘ती व्यक्ति केही दिनदेखि सोही भवनमा बस्दै आएको देखिएको छ,’ उनले भने, ‘घटनास्थलमा उनले खाना पकाएर खाने गरेको देखिन्छ, ती व्यक्ति केही दिनअघिसम्म सडकमा प्लास्टिक बटुलेर हिँड्ने र साँझ भवनमा खाना पकाएर खाने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ 

उनका अनुसार आश्रयस्थलका लागि केही व्यक्तिहरु यसअघि पनि त्यहाँ बस्दै आएका थिए । प्रहरीले त्यहाँ नबस्न अनुरोध पनि गर्दै आएको थियो । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully