भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने

अधिवेशनले न्यौपानेसहित २४ सदस्यीय कार्यसमिति चयन गरेको हो।

पुस २७, २०८२

सुन्दर शिल्पकार

Krishnamurari Neupane elected as the President of Bhaktapur Chamber of Commerce and Industry

भक्तपुर — भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने चयन भएका छन्।

संघको गत शुक्रबार र शनिबार भएको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्विरोध चयन भएका हुन्। अधिवेशनले न्यौपानेसहित २४ सदस्यीय कार्यसमिति चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति निर्वाचित भएका छन्। साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल र एशोसिएटतर्फको उपाध्यक्ष गणेशहरि प्रजापति निर्वाचित भए।

यसैगरी, महासचिवमा रुकेश रन्जित निर्वाचित भएका छन्। उनले नविन प्रजापतिलाई पराजित गरेका हुन्। सचिवमा गौतम सुजखू र कोषाध्यक्षमा रंजित मारिखू निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गणेशभक्त गोसाई, नारायणप्रसाद भुसाल, महेशकुमार शर्मा, राजेश त्वानाबासू, राधाकृष्ण सापकोटा, सन्तोषकुमार मिश्र, सुरेन्द्र प्रजापति र श्यामप्रसाद मानन्धर निर्वाचित भएका छन्।

महिलातर्फ कार्यसमिति सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की तथा वस्तुगततर्फ कार्यसमिति सदस्यमा कृतन अवाल निर्वाचित भएका छन्। कार्यसमिति सदस्यमै एशोसिएटतर्फ बिजोन त्वानाबासू र शिशिर किसी निर्वाचित भएका छन् ।

महासचिव र एशोसिएटतर्फका कार्यसमिति सदस्यहरु बाहेक अन्य पदाधिकारी एवं कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशंकर तिमिलाले जानकारी दिए।

संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं कार्यसमिति सदस्यलाई शनिबार प्रमाणपत्र वितरण गरिएको छ। नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यलाई प्रमुख निर्वाचन अधिकृत तिमिलाले सपथ गराए।

सुन्दर

Link copied successfully