घरभित्रै मृत भेटिइन् ६८ वर्षीया महिला

‘मुखमा कपडा कोचेको छ । घाँटी अठ्याएको झै पनि छ । बाहिरी घाउचोट देखिएको छैन’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले भने।

पुस २७, २०८२

रमेशकुमार पौडेल

68-year-old woman found dead inside home

चितवन — रत्ननगर नगरपालिका-४  मा शनिबार बिहान ६८ वर्षीया सुकमायादेवि तमाङ मृत भेटिएकी छन् । 

बिहान अबेलासम्म पनि उनलाई घर बाहिर निस्केको नदेखेपछि १० बजेतिर तिर छिमेकीहरूले गएर हेर्दा उनी कोठामा मृत फेला परेकी हुन् । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

‘मुखमा कपडा कोचेको छ । घाँटी अठ्याएको झै पनि छ । बाहिरी घाउचोट देखिएको छैन’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रपिन्द्र खनालले भने । 

हात खुट्टा पनि कपडाहरूले बाँधेको पाइएको उनले बताए । शवको पोष्टमार्टमपछि थप कुरा खुल्ने उनको भनाइ छ । 

घटना हुँदा घरमा महिला एक्लै भएको प्रहरीले जनाएको छ । विभिन्न कोणबाट घटनाको विश्लेषण र अनुशन्धान भइ रहेको डिएसपी खनालले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully