रुखबाट लडेर एक युवक मृत्यु

घरबाट सय मिटर उत्तरतर्फको आफ्नै बारीमा भएको चाँपको रुखको घाँस काट्न लाग्दा उनी रुखबाट खसेका थिए ।

पुस २६, २०८२

प्रताप विष्ट

A young man died after falling from a tree.

हेटौंडा — मकवानपुरमा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ । मकवानपुर गढी गाउँपालिका—३ मक्रान्चुलीका ४० वर्षीय राजकुमार हुमागाईको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर उनको मृत्यु भएको हो ।

घरबाट सय मिटर उत्तरतर्फको आफ्नै बारीमा भएको चाँपको रुखको घाँस काट्न लाग्दा उनी रुखबाट खसेका थिए ।

गम्भीर घाइते भएका हुमागाईलाई हेटौंडा अस्पतालमा सामान्य उपचतारपछि थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो ।

उपचारका क्रममा क्रममा शनिबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत आवमा मकवानपुरमा रुखबाट र भीरबाट खसेर १३ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

चालु आवमा मकवानपुरमा भीरबाट लडेर तीन मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully