चितवनमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

प्रहरीले टिपर चालक भरतपुर–६ देवनगर बस्ने वर्ष ३० का दिनेश खत्रीलाई नियन्त्रणमा लिएको छ ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

One person dies in a collision between a tipper and a motorcycle in Chitwan

चितवन — चितवनको भरतपुर–२२ कुमियामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार अपराह्न ४:३० बजे भरतपुरदेखि माडीतर्फ जाँदै गरेको ना २४ प ५२९४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३६८३ नम्बरको टिपरसँग ठोक्किँदा मोटरसाइकल चालक माडी नगरपालिका–२ भैरपुर बस्ने वर्ष ३५ का सूर्यनारायण महतोको मृत्यु भएको हो । 

सख्त घाइते भएका महतोलाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याउँदा चिकित्स्कले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार सोही स्थानका वर्ष ३६ का केशर महतो घाइते भएका छन् । उनको बायाँ हातमा चोट लागेको छ भने भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले टिपर चालक भरतपुर–६ देवनगर बस्ने वर्ष ३० का दिनेश खत्रीलाई नियन्त्रणमा लिएको छ ।

कान्तिपुर

Link copied successfully