बहुमतको निर्णय भन्दै एमाले दोलखाले पार्वत गुरुङको नाम एकल सिफारिस गरेको थियो । उक्त निर्णय उल्ट्याउँदै प्रदेश कमिटीले आकांक्षी सबै उम्मेदवारको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो ।
दोलखा — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले दोलखा जिल्ला कमिटीले गरेको विवादास्पद निर्णय बागमती प्रदेश कमिटीले खारेज गरिदिएको छ ।
बिहीबार बसेको एमालेको बागमती प्रदेश कमिटीले दोलखाबाट आकांक्षीका सबै उम्मेदवारको सिफारिस गर्ने निर्णय गरेको बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले बताइन् ।
बहुमतको निर्णय भन्दै एमाले दोलखाले पार्वत गुरुङको नाम एकल सिफारिस गरेको थियो । उक्त निर्णय उल्ट्याउँदै प्रदेश कमिटीले आकांक्षी सबै उम्मेदवारको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ ।
दोलखा एमालेले यसअघि निर्वाचनमा उठेका बालकृष्ण शिवाकोटीसहितका आकांक्षीका उम्मेदवारलाई सिफारिस नगरेर जिल्ला अध्यक्षले मनलाग्दी गरेको भन्दै उपसचिवसहित १० भन्दा बढी जिल्ला कमिटी सदस्यले राजिनामा दिएका थिए ।
बागमती प्रदेश कमिटीले जिल्लाको निर्णय खारेज गर्दै उम्मेदवारका आकांक्षी बालकृष्ण शिवाकोटी, रचना खड्का, पार्वत गुरुङ, श्याम बस्नेत र डवल पाण्डेको नाम केन्द्रमा पठाएको जनाएको छ ।
