राक्सिराङ गाउँपालिकामा ४३ कोठे प्रशासकीय भवन

करिब ७ कठ्ठा जमिनमा ६ करोड ४२ लाख लागतमा उक्त निर्माण गरिएको भवनको बुधबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटन गरे।

पुस २४, २०८२

प्रताप विष्ट

43-room administrative building in Raksirang Rural Municipality

हेटौंडा — राक्सिराङ गाउँपालिकाको नयाँ कार्यालय भवन संचालनमा आएको छ। गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा चार तले ४३ कोठे भवन निर्माण गरिएको हो।

२०७८ असारमा जयमाता ईन्जिनियरिङ निर्माण कम्पनीले निर्माण सुरु गरेर ०८२ असारसम्म सक्नु पर्ने भवन चार महिनापछि सकिएको हो।

करिब ७ कठ्ठा जमिनमा ६ करोड ४२ लाखको लागतमा उक्त निर्माण गरिएको भवनको बुधबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटन गरे। 

अब पालिकाका बासिन्दाले एउटै भवनबाट सहज ढंगले सेवा पाउने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। यो भवन उद्घाटनसँगै पालिकाको कार्यालय र शाखाहरु सबै एउटै छानामूनि समेटिएका छन्।

राक्सिराङ गाउँपालिकाको कार्यालय अहिले चैनपुरमा नै छ । नयाँ भवन निर्माण हुनुअघि कच्ची भवन निर्माण गरेर पालिकाका बासिन्दालाई सेवा दिँइदै आएको थियो । स्वास्थ्य, कृषिलगायत शाखाहरु अन्य संघसंस्थाका भवनमा आश्रय लिएर बसेका थिए।

अब मकवानपुर १० वटा पालिकामध्ये मनहरी र ईन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully