चितवनका ३ हजार ३ सय ७१ उद्योगी व्यवसायी मतदाता रहेको संघको नयाँ नेतृत्व चयनका लागि सोमबार २ हजार ७ सय १९ जनाले मतदान गरेका थिए । मतदानको नतिजा मंगलबार बिहान घोषणा भएको हो ।
चितवन — उद्योग वाणिज्य संघ, चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी भएका छन् । संघको नयाँ कार्य समितिका लागि सोमबार भएको मतदानको नतिजा मंगलबार बिहान घोषणा भएको हो ।
१ हजार ४ सय ८४ मत ल्याएर सुवेदी विजयी हुँदा अध्यक्ष पदका अर्का प्रतिस्पर्धी शिरीष पन्तले १ हजार १ सय ८५ मत पाएका थिए । संघको वरिष्ठ उपाध्यक्षमा सुवेदीकै प्यानलका राजेन्द्र ओली निर्वाचित भए ।
तीन उपाध्यक्षमध्ये दुई उपाध्यक्ष नारायण प्रधान र राजन पिया पनि सुवेदी प्यानलबाट र एक जना उपाध्यक्ष जनक पौडेल पन्तको प्यानलबाट विजयी भएका छन् ।
संघको ५९ ओैं वार्षिक साधरणसभा तथा अधिवेशन पुस १९ गते शनिबार उद्घाटन भएको थियो । चितवनका ३ हजार ३ सय ७१ उद्योगी व्यवसायी मतदाता रहेको संघको नयाँ नेतृत्व चयनका लागि सोमबार २ हजार ७ सय १९ जनाले मतदान गरेका थिए ।
