फरार प्रतिवादी ५ वर्षपछि पक्राउ

हेटौंडा उपमहानगरपालिका—१ का लुभु भनिने ३३ वर्षीय सुरेश लोप्चनलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

पुस १७, २०८२

प्रताप विष्ट

Fugitive defendant arrested after 5 years

हेटाैंडा — लागुऔषध मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार रहेकालाई ५ वर्षपछि प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका—१ का लुभु भनिने ३३ वर्षीय सुरेश लोप्चनलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

लोप्चनलाई लागुऔषध नाइट्राभेट कारोबार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २०७७ वैशाखमा २ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। 

उनी फैसलापश्चात फरार रहेका थिए । बिहीबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएका उनलाई अदालतले भीमफेदी कारागार पठाएको प्रहरीले जनाएको छ।  

पुस महिनाको यो अवधिसम्म १४ जना फरार अभियुक्तलाई पक्राउ गरेर अदालतसमक्ष बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए। उनका अनुसार साउनदेखि पुस १७ गतेसम्म ३९ जना फरार प्रतिवादीलाई अदालतमा बुझाइएको छ। 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully