दोलखामा ८ हजार ५ सय नयाँ मतदाता, थपियो एक मतदान स्थल

जिल्लाको शैलुङ गाउँपालिका–१ कुण्ड प्राथमिक विद्यालयलाई नयाँ मतदान स्थलका रूपमा थपिएको हो ।

पुस १७, २०८२

केदार शिवाकोटी

8,500 new voters in Dolakha, one polling station added

दोलखा — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोलखामा ८ हजार ५ सय ५० नयाँ मतदाता थपिएका छन् । २०७९ सालमा १ लाख ६१ हजार ७ सय ५० मतदाता रहेकामा हाल बढेर १ लाख ७० हजार ३० पुगेको छ ।

जिल्लामा महिला मतदाताको संख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीले बताए । उनका अनुसार पुरुष मतदाताभन्दा ३ हजार महिला मतदाता बढी छन् । यस्तै ९४ मतदान स्थल रहेका एक मतदान स्थल थपिएको छ । जिल्लाको शैलुङ गाउँपालिका–१ कुण्ड प्राथमिक विद्यालयलाई नयाँ मतदान स्थलका रूपमा थपिएको उनले बताए । 

यसैगरी १ सय ९५ मतदान केन्द्र रहेकामा थप १२ मतदान केन्द्र थपेर २ सय ७ मतदान केन्द्र पुर्‍याइएको उनले बताए । मतदातालाई सहज रूपमा तदान गर्न मतदान केन्द्र थपिएको उनले बताए । यस्तै भौगोलिक विकटताका कारण नयाँ मतदानस्थल थपिएको उनले बताए । 

निर्वाचनका लागि आवश्यक सामग्री खरिदको तयारी पनि थालिएको छ । यसैगरी मतदानस्थल र मतदान केन्द्रको सबै विवरण जिल्ला सुरक्षा समितिमा बुझाइसकेकाले त्यसको अनुगमन भैरहेको उनले बताए ।

केदार

Link copied successfully