टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट घाइते भएका मानन्धरको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Motorcyclist dies after being hit by tipper

हेटौंडा — धरान–चतरा सडक खण्डमा पर्ने हेटौंडा उपमहानगरपालिका–१६ स्थित सिपाली चोकमा टिपरको ठक्करआबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हेटौंडाबाट ठूलोदमारतर्फ गइरहेको प्रदेश ०३–००१क ०१४३ नं.को १० चक्के टिपरले बागमती प्रदेश०३–००३ प ३१९२ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१७ का ४२  वर्षीय मान बहादुर मानन्धरको मृत्यु भएको हो । 

टिपरको ठक्करबाट घाइते भएका मानन्धरको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । मोटरसाइकल पनि हेटौंडाबाट ठूलोदमारतर्फ गइरहेको अवस्थामा टिपरले ठक्कर दिएर भागेको थियो ।

प्रहरीले तत्कालै खोजतलास गरेर टिपर नियन्त्रणमा लिएको र टिपरका चालक मकवानपुर गढी गाउँपालिका–७ का तिलकवहादुर पाख्रिन प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं  प्रवक्ता पुस्कर बोगटीले बताए ।

कान्तिपुर

Link copied successfully