काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको थियो ।
भक्तपुर — भक्तपुरको लोकन्थलीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३२ वर्षीया स्वस्तिका ऐर बडालको मृत्यु भएको हो । मोटरसाइकल चालक उनका श्रीमान् दार्चुला घर भई हाल काठमाडाैंको कीर्तिपुर बस्ने ३४ वर्षीय करण सिंह बडाल गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई साेही दिशाबाट आउँदै गरेकाे डिजेल बोकेको ना ७ ख ९२६६ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।
घाइते बडालको उपचार भइरहेकाे महानगरीय प्रहरी वृत्त थिमिका डीएसपी नमराज ढुंगानाले बताए । प्रहरीले दुवै सवारीसाधन र ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज बस्ने २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखेको छ ।
