राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिम खेती फँडानी गरिएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ।
हेटौंडा — मकवानपुर प्रहरीले राक्सिराङ र कैलाश गाउाँलिकाका विभिन्न स्थानमा अवैध रूपमा खेती गरिएको गाँजा र अफिम फँडानी गरिएको छ।
शुक्रबारदेखि सोमबारसम्म बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडाको संयुक्त टोलीले गाँजा र अफिम फँडानी अभियान सञ्चालन गरेको थियो।
अभियानका क्रममा मकवानपुरको राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिम खेती फँडानी गरेको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ।
प्रहरी टोलीले २१ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा तथा ९ बिगाहा क्षेत्रफलमा लगाइएको अफिमका बोट नष्ट गरेको जनाएको छ। लागुऔषध नियन्त्रण तथा अवैध खेती निरुत्साहित गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।
मकवानपुरका यी दुई पालिकामा अफिम र गाँजा खेती हुँदै आएको छ । गत आर्थिक वर्षमा १२० विगाहाको गाँजा र ३९ विगाहा १४ कठ्ठामा लगाएको अफिमका बोट फँडानी गरेको थियो।
