शिविरमा १ सय १० जना जेष्ठ नागरिकलाई नि:शूल्क औषधि तथा ३४ जनालाई अल्ट्रसाउन्ड सेवा दिइएकाे मध्यपुर थिमी नगरपालिकाले जनाएको छ ।
भक्तपुर — ५ औं राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मध्यपुर थिमी नगरपालिकाले जेष्ठ नागरिकको नि:शूल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
शिविरमा १ सय १० जना जेष्ठ नागरिकलाई नि:शूल्क औषधि वितरण तथा ३४ जनालाई अल्ट्रसाउन्ड सेवा दिइएकाे मध्यपुर थिमी नगरपालिकाले जनाएको छ ।
दिवसको अवसरमा पारेर नगरपालिकाले मध्यपुर-४ स्थित ईन्द्रेणी परिसरमा जेष्ठ नागरिक लक्षित दिवा सेवा केन्द्र समेत स्थापना गरेको छ ।
केन्द्रमा महिनाको दुई पटक जेष्ठ नागरिकहरुको नि:शूल्क स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाभित्रका ५८ वर्ष माथिका जेष्ठ नागरिकको पालिकाले नि:शूल्क रुपमा स्वास्थ्य विमा समेत गरिदिएको छ । नगरभित्र थप ४ वटा सेवा केन्द्र स्थापना गर्न तयारी रहेको नगरप्रमुख श्रेष्ठले बताए ।
