राप्रपाबाट मकवानपुर-१ मा सिंहको एकल सिफारिस

राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ सिंहको एकल नाम सिफारिस गरेको हो ।

पुस १२, २०८२

प्रताप विष्ट

Singh's sole recommendation from RPP in Makawanpur-1

हेटौंडा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट दीपकबहादुर सिंहको एकल नाम सिफारिस भएको छ ।

राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फकाे उम्मेदवारका रुपमा सिंहको एकल नाम सिफारिस गरेको हो ।

यसअघि २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिंह मकवानपुर–१ बाटै निर्वाचित भएका थिए । सिंहले प्रतिनिधिसभामा पूर्वाधार विकास समितिको सभापतिको जिम्मेवारी पनि पाएका थिए । 

बैठकले समानुपातिकतर्फ उमेश थापा र नवराज थपलिया, अरुण लामा, मनोजकुमार मोक्तान र बालकृष्ण श्रेष्ठ, सरस्वतीकुमारी थिङ र मनिषा स्याङ्तान, हीराकुमारी भट्ट, हीरा चौरेल, सन्देश परियार, दिपु सुनार र शुक्रराज प्रजाको नाम सिफारिस गरेको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully