राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार बनेपा १ देखि १४ का ८०–८१ वर्ष उमेर समूहका २५० जनालाई सम्मान गरिएको हो ।
काभ्रे — बनेपा नगरपालिकाका २५० जना जेष्ठ नागरिकलाई न्यानो कफडा वितरण गरिएको छ ।
शुक्रबार राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बनेपा १ देखि १४ का ८०–८१ वर्ष उमेर समूहका २५० जनालाई सम्मान गरिएको हो ।
५ औं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार उनीहरुलाई तन्ना र सिरक वितरण गरेर सम्मान गरिएको हो ।
बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले यो उमेरमा जेष्ठ नागरिकले एक्लोपनको महशुस गर्ने भएकाले विशेष स्याहार गर्नुपर्ने बताइन् । त्यसकै लागि जेष्ठ नागरिक मिलन केन्द्र, जेष्ठ नागरिक विश्रामस्थल निर्माण गर्न नगरपालिकाले अभियान सञ्चालन गरेको उनले बताइन् ।
