स्रोत नखुलेको २० लाख नगदसहित २ जना पक्राउ

खानतलासी उक्त रकम भेटिएको र रकमको स्रोत खुल्न नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पुस ५, २०८२

केदार शिवाकोटी

2 arrested with Rs 2 million in cash, source unknown

दोलखा — स्रोत नखुलेको करिब २० लाखसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका-७ बाट उनीहरुलाई पक्राउ गरिएको हो । 

शुक्रबार अपरान्ह स्रोत नखुलेको १९ लाख ९२ हजार ५ सयसहित लमजुङको सुन्दरबजार नगरपालिका -२ का रामचन्द्र शर्मा र झापाको मेचीनगर नगरपालिका-७ का शेरबहादुर राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले दोलखाका प्रहरी निरक्षक श्रीराम तिमल्सिनाले बताए । 

उनका अनुसार शंकास्पद रूपमा झोलामा सामान बोकेर हिँडेको अवस्थामा खानतलासी उक्त रकम भेटिएको र रकमको स्रोत खुल्न नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनामाथि  थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

केदार

Link copied successfully