हेटौँडामा गाँजासहित दुई युवक पक्राउ

प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय  निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय  सागर चेपाङलाई पक्राउ गरेको हो।

पुस ४, २०८२

प्रताप विष्ट

Two youths arrested with marijuana in Hetauda

हेटौँडा — मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय  निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय  सागर चेपाङलाई पक्राउ गरेको हो।

चितवनबाट वीरगन्जतर्फ गइरहेको ना.६.ख.१६१७ यात्रु बाहक बसलाई हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्टका  प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा चेपाङद्वयले बोकेको झोलाबाट ११ केजी १३० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुष्कर बोगटीले बताए ।

प्लाष्ट्रिकले प्याक गरेर झोलामा गाँजा लुकाएर ल्याएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आवमा ६ हजार ४ केजी गाँजा बरामद गरेको थियो । लागुऔषध ओसार पसार र कारोबार गरेको आरोपमा  २८९ जनालाई पक्राउ गरेको थियो ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully