मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेतको नाम सिफारिस

मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष उनको नाम मुख्य न्यायाधिवक्ताका लागि सिफारिस गरेका हुन्।

पुस ३, २०८२

प्रताप विष्ट

Advocate Apsara Basnet's name recommended for Chief Advocate

हेटौँडा — वागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेतको नाम सिफारिस गरिएको छ। बस्नेत बागमती प्रदेश मात्र नभई प्रदेशको पहिलो महिला मुख्य न्यायाधिवक्ता बन्ने भएकी छन्।

मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष उनको नाम मुख्य न्यायाधिवक्ताका लागि सिफारिस गरेका छन्।  यसअघि दोलखाका अधिवक्ता सुकदेव काफ्ले मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा थिए।

काफ्लेले राजीनामा दिएपछि बस्नेतको नाम सिफारिस गरिएको हो। अधिवक्ता बस्नेत जिल्ला बार एसोसिएसन मकवानपुरकी निवर्तमान अध्यक्ष समेत हुन्। उनी उक्त बार एसोसिएसनको पहिलो महिला अध्यक्ष समेत बनेकी थिइन्।

प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले आइतबार नियुक्तिसहित बस्नेतलाई  शपथग्रहण गराउने तयारी रहेको प्रदेश प्रमुख कार्यालयका एक अधिकृतले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully