ट्याक्टर दुर्घटना हुँदा २ मजदुरको मृत्यु, १९ जना घाइते

घाइते १९ जनामध्ये ६ जनाको हेटौंडा अस्पताल र १३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पुस १, २०८२

प्रताप विष्ट

2 workers killed, 19 injured in tractor accident

हेटौंडा — बकैया गाउँपालिका–७  अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा केशवलाल माझी र सन्तलाल माझी रहेका छन् ।

खाना खाएर काममा फर्किने क्रममा ट्याक्टरमा २१ जना सवार थिए । अधेरीस्थित फास्टट्र्याकतर्फ गइरहेका बेला ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टरको ट्रली नै घोप्टिँदा दुर्घटना भएको हो । 

उपचारका निम्ति हेटौंडा अस्पताल ल्याउने क्रममा माझीद्वयको बाटोमै मृत्यु भएको स्थानीय रामलाल माझीले बताए ।  २१ जना सवार रहेकामा २ जनाको मृत्यु भइसकेको र घाइते १९ जनामध्ये ६ जनाको हेटौंडा अस्पताल र १३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतको भनाइ छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully