चोरीको आरोपमा हिरासतमा रहेका युवक मृत फेला

चोरीको आरोपमा पक्राउ परेका रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा मृत भेटिका हुन्।

मंसिर २९, २०८२

ज्योती श्रेष्ठ

Young man in custody on theft charges found dead

चोरी आरोपमा हिरासतमा रहेका युवक मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका पुरुष मृत अवस्थामा फेला परेका हुन्।

सोमबार राति ३ बजे प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार, रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुत राज तामाङविरुद्ध चोरीको आरोपमा निवेदन परेको थियो। उक्त मुद्दामा अनुसन्धान गर्न उनलाई आइतबार पक्राउ गरी हिरासतमा राखिएको थियो । 

सोमबार बिहान ३ बजेको समयमा उनी शौचालयमा मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully