साथीले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

मनहरी गाउँपालिका–६ वालभञ्ज्याङका ५० वर्षीय सेते थिङको साथीले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

मंसिर २९, २०८२

प्रताप विष्ट

One person dies when a friend's loaded gun explodes

हेटौंडा — मकवानपुरको मनहरीमा साथीले बोकेको भरुवा बन्दुक पड्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका–६ वालभञ्ज्याङका ५० वर्षीय सेते थिङको साथीले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । 

यहाँको सिस्नेरीपखेरा जंगलमा राक्सिराङ गाउँपालिका–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन भरुवा बन्दुक बोकेर अगाडि–अगाडि हिँडिरहेका थिए भने सेते पछाडि–पछाडि हिँडिरहेका थिए । उनीहरू शिकार खेल्न गएका थिए ।

अगाडि हिँडिरहेका गोपाल लहरमा अल्झिएर लड्दा बन्दुक पड्किँदा पछाडि हिँडिरहेका सेतेलाई लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी राजुप्रसाद कुर्मीले बताए ।

प्रहरीले दुई थान भरुवा बन्दुकसहित गोपाल ब्लोनलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully