एक साताको बीचमा दुई पटक गरेर डा. टण्डनले उक्त पुस्तक हस्तान्तरण गरेका थिए ।
हेटौंडा — हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित नवजीवन ज्योती पुस्कालयलले पुस्तक संकलन अभियान सञ्चालन गरेको छ ।
पुस्तक संकलन अभियान अन्तर्गत पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव, क्लबका आजीवन सदस्य एव संस्कृतविद् डा. गोविन्द टण्डनले ३ सय ६ थान पुस्तक सहयोग गरेका छन् ।
एक साताको बीचमा दुई पटक गरेर डा. टण्डनले उक्त पुस्तक हस्तान्तरण गरेका थिए ।
क्लबका अध्यक्ष राज कुमार बास्तोला, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख बद्रीबहादुर पाठक, वंश गोपाल उच्च मावि चौघडाका पूर्व प्रअ रमेश प्रसाद लामिछाने, रानी सामुदायिक वन समूहका अध्यक्ष केशव धिताल, सल्लाहकार अर्जुनप्रसाद चौलागाईं सहितको उपस्थितिमा शनिबार एक समारोहबीच पुस्तक हस्तान्तरण गरेका थिए ।
उनको सहयोगले क्लबले पुस्तकालय सञ्चालन गर्न पुस्तक संकलनका लागि गरिरहेको अभियानमा सहयोग पुगेको क्लबमा सचिव राजकुमार फुयालले बताए ।
२०४७ सालमा स्थापना भएको उक्त क्लबले प्लाष्टिक नियन्त्रण गर्न सुईरो अभियान चलाएको थियो । क्लबले स्थापना कालदेखि नै पठन संस्कृतिलाई जोड दिँदै आएको छ ।
