बसको ठक्करबाट पैदलयात्रुको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

पीडित परिवार र यातायात व्यवसायीसँग छलफल गरेर राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मंसिर २८, २०८२

ज्योती श्रेष्ठ

Pedestrian dies after being hit by bus, BP Highway blocked

काभ्रे — काभ्रेको नमोबुद्ध नगरपालिका-२, पात्लेगाउँमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठका अनुसार आइतबार बिहान करिब ९ बजेको समयमा बीपी राजमार्गअन्तर्गत धुलिखेल-भकुण्डे खण्डको पात्लेगाउँमा दुर्घटना भएको हो । धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको बा प्र -०१-००६ ख ४८०८ नम्बरको यात्रुबहाक बसले ठक्कर दिँदा नमोबुद्ध-२ स्थित पात्लेगाउँका ८२ वर्षीय पोत बहादुर कटुवालको मृत्यु भएको श्रेष्ठले बताए ।

दुर्घटनापश्चात् स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । पीडित परिवार र यातायात व्यवसायीसँग छलफल गरेर राजमार्ग खुलाउने प्रयास भएको उनले बताए । प्रहरीले उक्त बस र चालकलाई नियन्त्रणमा लिएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully