प्रतिनिधिसभा निर्वाचन : भक्तपुर १ मा कांग्रेसबाट बाबुराजा जोशी सिफारिस

जोशी यसअघि २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालसँग चुनावी प्रतिस्पर्धामा थिए।

मंसिर २४, २०८२

सुन्दर शिल्पकार

House of Representatives election: Congress recommends Baburaja Joshi in Bhaktapur 1

काठमाडौँ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नं. १ बाट बाबुराजा जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ। जोशी यसअघि २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालसँग चुनावी प्रतिस्पर्धामा थिए।

यस्तै, सोही क्षेत्रको समानुपातिकतर्फ जनजाति कोटाबाट बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँडेल, महिलातर्फबाट केन्द्रीय सदस्य गङ्गालक्ष्मी अवाल र खुलातर्फ महाधिवेशन प्रतिनिधि पुरुषोत्तम लामिछाने सिफारिस भएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव सुशील बस्नेतले उक्त जानकारी दिँदै क्षेत्र नं. २ मा नाम सिफारिसका लागि क्षेत्रीय कार्यसमितिको बैठक जारी रहेको बताए।

सुन्दर

Link copied successfully