जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट १३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
मकवानपुर — मकवानपुर प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने १३ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट १३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा ढुंगा, गिटी, बालुवा उत्खनन् तथा ओसारपसार गर्दै गरेको अवस्थामा ना.५ त ७१८६, बा.प्र.०३-००१ त ३९९, प्रदेश २-०३-००१ त ४१०८, ना.७ त २०६४, ना.६ त ३५६६ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै ना.३ त १४७५, ना.६ त ९८९९, बा.प्र.०३-००१ त ४७४, ना.७ त १३३, बा.प्र.०३-००१ त ४४४, ना.४ त ४०४९, प्र.२-०३-००१ त ६७६८ र प्र २-०३-००१ त ६४८० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिए ।
अहिले खोला बन्द भएको मौका छोप्दै नदीजन्य पदार्थ उत्खनन् एवम् ओसारपसार गर्ने ट्र्याक्टरलगायतको सवारी साधनलाई नियन्त्रणमा लिने अभियान चलाइएको निमित्त प्रवक्ता कुर्मीले बताए ।
